काठमाडौं । मोरङमा धारिलो हतियार प्रयोग गरी आफ्नै मामाको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका वडा नं.- ८ बस्ने २२ वर्षीय सुजन पाचकोटी रहेका छन् ।
गत कात्तिक २७ गते कल्पना पाचकोटीको घरमा पाहुना आएका बेला घरयासी विवादमा भान्जा सुजनले ४२ वर्षका काजी मोहरालाई धारिलो हतियार टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएका थिए । घाइते मोहराको मदन भण्डारी अस्पताल तथा ट्रमा सेण्टर मंगलबारे उर्लाबारीमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको थियो ।
घटनामा संलग्न सुजनलाई इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान भई रहेको प्रवक्ता एवं सूचना अधिकारी दीपक श्रेष्ठले जानकारी दिए ।