काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा १० को मृत्यु हुनुका साथै विभिन्न घटनामा संलग्न १० जनालाई प्रहरीले पक्राउ गरेको छ । आज (आइतबार) दिउँसो नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले दिएको जानकारी अनुसार सवारी दुर्घटनामा उनीहरुको मृत्यु हुनुका साथै घटनामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं, काठमाडौं महानगरपालिका–११ थापाथलीमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । आज बिहान उनको मृत्यु भएको हो ।
बागमती प्रदेश–०२–०१९ प ३१९५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री बारा बरियारपुर घर भएका ४४ वर्षीय राम बाबु प्रसाद कुसहवाको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका कुसहवाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको ब्लुक्रस अस्पताल त्रिपुरेश्वरमा उपचार भइरहेको छ ।
त्यस्तै भक्तपुर, भक्तपुर नगरपालिका–१ च्यङ्गा गणेश मन्दिर नजिक सडकमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । हिजो (शनिबार) साँझ उनको मृत्यु भएको हो ।
बा.७ च ०८१५ नम्बरको कारले प्रदेश ०२–०२८ प ७३९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक काभ्रे पाँचखाल नगरपालिका–१ बस्ने २३ वर्षीय सन्दीप बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको डा.ईवामुरा अस्पताल सल्लाघारीमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तनहुँ, आँबुखैरेनी गाउँपालिका–२ खानीखोलास्थित सडकमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । हिजो (शनिबार) राति बेलुका उनको मृत्यु भएको हो ।
बागमती प्रदेश–०१–०२६ च ७८७६ नम्बरको कार र ग.२१ प ३०१७ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका स्कुटर चालक आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोक बस्ने ३५ वर्षीय अम्मर नामजाली मगरको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ, सुन्दरहरैचा नगरपालिका–७ गोठगाउँस्थित सडकमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । हिजो बेलुका उनको मृत्यु भएको हो ।
को.३१ प ७२६६ नम्बरको मोटरसाइकल र बीआर ३८ एन २२०२ नम्बरको कार एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक केराबारी गाउँपालिका–७ बस्ने ४२ वर्षीय उत्तम कुमार मगरको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सामुदायिक अस्पताल ईटहरीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धादिङ, ज्वालामुखी गाउँपालिका–४ टारीस्थित सडकमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । हिजो बेलुकी उनको मृत्यु भएको हो ।
ग.१ ज ५५८० नम्बरको बोलेरो आफै अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना हुँदा गाडीमा सवार सोही ठाउँ बस्ने ३५ वर्षीय उत्तम अर्यालको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका बोलेरो चालकसहित ६ जनालाई उपचारको लागि जिल्ला अस्पताल धादिङ पठाइएको थियो ।
घाइतेमध्ये ५ जनाको उपचार पश्चात् डिस्चार्ज गरिएको उक्त अस्पतालले जनाएको छ । १ जनाको उपचार भइरहेको छ । उपचार पश्चात् डिस्चार्ज भएका बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
धनुषा, हंसपुर नगरपालिका–२ ठन्काहास्थित शिधबाबा इँटा उद्योगमा काम गर्ने एक जनाको मृत्यु भएको छ । हिजो दिउँसो उनको मृत्यु भएको हो ।
सर्लाही बलरा नगरपालिका–४ घर भएका किसुन महतोकी २ वर्षीया छोरी पिंकी कुमारी महतोको इँटाभट्टा नजिकै खाल्डोमा डुबेर मृत्यु भएको छ ।
खेल्ने क्रममा उक्त खाल्डोमा डुबेर अशक्त भएकी उनको स्थानीय मेडिकल तारापट्टीमामा उपचारको क्रममा मृत्यु भएको हो ।
बागलुङ, तमानखोला गाउँपालिका–३ की एक जनाको मृत्यु भएको छ । हिजो दिउँसो उनको मृत्यु भएको हो ।
गल्कोट नगरपालिका–६ दरमखोलास्थित दरमखोला एग्रीकल्चर एण्ड रिभर साईडमा ज्याला गरी बस्ने सपना रोकाकी १८ महिने छोरी सोनिया रोकाको सोही ठाउँस्थित पोखरीमा डुबेर मृत्यु भएको छ ।
पोखरीमा डुबेर अशक्त भएकी उनको ईमर्जेन्सी पोलिक्लिनिक हटिया बागलुङमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
बैतडी, सिगास गाउँपालिका–८ लुफुङकी एक जनाको मृत्यु भएको छ । हिजो दिउँसो उनको मृत्यु भएको हो । सोही पालिकाको सोही वडामा बस्ने ३० वर्षीया सरस्वती बोहराको घरबाट १ किलोमिटर टाढा जंगलमा घाँस काट्ने क्रममा भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सुर्खेत, बराहताल गाउँपालिका–२ पाग्मामा एक जना मृत फेला परेका छन् । हिजो उनी मृत्यु फेला गरेका हुन् । ५० वर्षीय देवीचन्द्र कार्की आफ्नै घरको बरण्डामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
बागलुङ, वाग्लुङ नगरपालिका–१३ ठाउँनेबौरास्थित कालीगण्डकी नदीमा हाल नाम, थर, वतन नखुलेकी महिला शनिबार मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
त्यसैगरी देशका छुट्टाछुट्टै स्थानमा विभिन्न घटनामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । झापा, बुद्धशान्ती गाउँपालिका–३ बुद्धटोलबाट अवैध लागूऔषध एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई ब्राउन सुगर जस्तो देखिने पदार्थ १ सय २ ग्रामसहित प्रहरीले पक्राउ गरेको हो ।
कचनकवल गाउँपालिका–१ घर भई हाल बुद्धशान्ती गाउँपालिका–३ बस्ने ३१ वर्षीय मोहमद हुसेनलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा हुसेनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यस घटनाको थप अनुसन्धानको क्रममा उक्त लागूऔषध मेचीनगर नगरपालिका–८ मेची आवास बस्ने २८ वर्षीय विकाश राजबंशीले खरिद गरी ल्याएको भन्ने खुल्न आएपछि प्रहरीले उनको समेत कोठा तलासी गर्दा थप २५ ग्राम २ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ र १ थान डिजिटल तराजु बरामद गरेको छ । हाल फरार रहेका बिकाश राजबंशीको प्रहरीले खोजी गरिरहेको छ ।
सिरहा, धनगढीमाई नगरपालिका–५ तेतिस बिघास्थित सडकबाट अवैध लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो (शनिबार) उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
ब्राउन सुगर जस्तो देखिने १० ग्राम ९ सय २० मिलिग्राम र नगद २९ हजार रूपैयाँसहित सोही नगरपालिक–(१३ बस्ने १८ वर्षीय किशोरसहित दूई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
स.८ प २२९९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ र नगद सहित फेला पारी पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका–२ बैसठ्ठी नम्बर पिलर चोक फुटाहबाट अवैध लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो उनीहरुलाई प्रहरीले पक्राउ परेको हो ।
ब्राउन सुगर जस्तो देखिने २ ग्राम ८ सय ५० मिलिग्रामसहित बाँके खजुरा गाउँपालिका–६ बस्ने १८ वर्षीय किशोरसहित दुई जनालाई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भे.१२ प ४१९७ नम्बरको स्कुटरलाई प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका–१ कारागार नजिकबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो उनीहरुलाइ प्रहरीले पक्राउ गरेको हो ।
सोही उपमहानगरपालिका–८ बस्ने २४ वर्षीय आयुष सिंहलाई अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने करिब १ ग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।
दाङ, लमही नगरपालिका–९ अमिलियाबाट अवैध लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ ३ सय ९५ ग्रामसहित जाजरकोट जुनचाँदी गाउँपालिका घर भई सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१२ चनौटे बस्ने १७ वर्षीय किशोरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश ३–०२–००२ प ७९२३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई ईलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तनहुँ, बन्दीपुर गाउँपालिका–२ आरथुम्का एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो उनलाई प्रहरीले पक्राउ गरेको हो ।
सोही गाउँपालिकाको सोही वडामा बस्ने ३६ वर्षीय सन बहादुर घर्तीलाई एक नाले भरुवा बन्दुकसहित उनकै घरबाट प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा लुकाइ छिपाइ राखेको उक्त बन्दुक १० वर्षीय बालकले चलाउने क्रममा पड्किँदा बालकको बाँया हातमा चोट लागी घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरीले बालकलाई उपचारको लागि मोती मेडिकल डुम्रे हुँदै सरकारी अस्पताल भरतपुर चितवन पठाई सन बहादुरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
दाङ, तुलसीपुर उपमहानगरपालिका–१० सुकौराबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो (शनिबार) उनलाई प्रहरीले पक्राउ गरेको हो ।
चोरीका विभिन्न १६ थान गरगहना र नगद ४४ हजार ३ सय १ रूपैयाँसहित बाँके खजुरा गाउँपालिका–२ सिगाउँ बस्ने ४२ वर्षीय राजेन्द्र सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।
शंकास्पद रूपमा बसिरहेका राजेन्द्रलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट झोलामा लुकाई राखेको उक्त गरगहना र नगद पारेको र अनुसन्धानको क्रममा उक्त धनमाल बाँके नेपालगंज पुष्पलाल चोकस्थित दुल्लु दरबार होटलबाट चोरी गरी ल्याएको खुल्न आएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।