• जेष्ठ ५ २०८३, मंगलवार

आजको मौसम: पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली क्षेत्रमा हल्का हिमपात

कार्तिक २६ २०७९, शनिबार

काठमाडौं । आज पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार राति प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। आइतबार प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका एक९दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। हिमपातको सम्भावना रहेकोले पर्वतारोहण र पदयात्रा गर्दा विषेश सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।