काठमाडौं । दुईदिन अघि काठमाडौंको बसुन्धारामा ट्रकको ठक्करबाट मृत्यु भएका बेलबहादुर रानामगर र कल्पना रानामगरका आफन्तले पीडितका परिवारलाई क्षतिपूर्ती र दोषीलाई हदैसम्मको कारवाहीको माग गर्दै प्रदर्शन गरेका छन् ।
काठमाडौंको महाराजगञ्जस्थित प्रहरी चौकीको प्रांगनमा नेपाल मगर संघका अगुवाहरुको अगुवाईमा सो प्रदर्शन भएको हो । २३ गते बुधबारका दिन मृतकद्वय रानामगर नारायणगोपाल चोकबाट बसुन्धारातर्फ स्कुटरमा आउँदै गर्दा ट्रकले ठक्कर दिँदा दुवैजनाको मृत्यु भएको थियो ।
मृतक बेलबहादुर राना मगर नेपाल मगर संघको केन्द्रीय सदस्य तथा मगर समुदायसित आवद्ध संघ–संस्थामा आवद्ध थिए । प्रदर्शनमा सहभागीहरुले हत्यारालाई कारवाही गर, पीडितलाई उचित क्षतिपूर्ती दे, प्रहरी प्रशासन मुर्दावाद लगायतका नारा लगाएका छन् ।