• जेष्ठ ५ २०८३, मंगलवार

नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध पल शाहले दिए उच्च अदालतमा पुनरावेदन

कार्तिक २५ २०७९, शुक्रबार

काठमाडौं । नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध अभिनेता पल शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन् ।

जिल्ला अदालतको फैसला उल्टाएर सफाइ दिनुपर्ने माग गर्दै शुक्रबार निवेदन दर्ता गराएको शाहका कानुन व्यवसायी कमलमोहन वाग्लेले जानकारी दिए ।

जिल्ला अदालत नवलपुरले अभिनेता शाहलाई बाल यौन दुरुपयोगको मुद्दामा दोषी ठहर गर्दै साढे २ वर्षको कैद सजाय र २५ हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।

शाहलाई बलात्कारको मुद्दामा भने सफाइ दिएको थियो । गत चैतमा शाहलाई नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप लागेको थियो। उनीमाथि १२ देखि १४ वर्ष कैद सजायको माग गरिएपनि बलात्कार मुद्दामा दोषी नदेखिएपछि सफाई पाएका थिए ।