• फाल्गुन २७ २०८२, बुधबार

रुसविरुद्ध लड्न अमेरिकाले युक्रेनलाई ४० करोड डलर बराबरको हतियार सहयोग गर्ने

कार्तिक २५ २०७९, शुक्रबार

काठमाडौं । अमेरिकाले युक्रेनलाई सहयोगस्वरुप हतियार र उपकरण उपलब्ध गराउने घोषणा गरेको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भने– ‘मैले युक्रेनलाई रक्षा मन्त्रालयको सूचीबाट थप ४०० मिलियन डलरको हतियार र उपकरण उपलब्ध गराउन निर्देशन दिएको छु । हामीले अगस्ट २०२१ देखि २५ औँ पटक मद्दत पठाउँदै छौँ । युक्रेनको सुरक्षा बलले रुसी सेनालाई पछाडि धकेल्दै छ, अमेरिका युक्रेनको साथमा छ ।

अमेरिकी सहयोगको यो प्याकेजमा हक एयर डिफेन्स सिस्टमका लागि मिसाइल, चार एभेन्जर एयर डिफेन्स सिस्टम, आर्टिलरी र मोर्टार राउण्ड, एचएमएम गाडी, ४०० ग्रेनेड लन्चर, डिटेरेन्ट डिभाइस, चिसोबाट जोगाउने कपडा आदि समावेश छन् ।