काठमाडौं । नेपाल राष्ट्र बैँकले शुक्रवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १४८ रुपैयाँ ६८ पैसा र बिक्री दर १४९ रुपैयाँ ३६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७६ पैसा र बिक्री दर ३५ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।