काठमाडौँं । नेकपा एमालेका उपाध्यक्ष तथा इलाम क्षेत्र नम्बर २ प्रतिनिधिसभाका उम्मेदवार सुवासचन्द्र नेम्वाङले आफ्नो पार्टी एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउने बताएका छन्।
मंसिर ४ गतेको निर्वाचनपछि एमाले बहुमतसहित जनताको मत लिएर सिंहदरबार पस्ने दाबी नेम्वाङले गरेका हुन् ।
इलाम नगरपालिका-९ वडा कमिटीले बुधबार आयोजना गरेको चुनाव प्रसार–प्रचार कार्यक्रममा उनले देशव्यापीरूपमा आफ्ना एजेण्डासहित एमाले हिजोआज जनताका घर-घरमा पुगेको बताए।
विगत वर्षमा अन्य निर्वाचन क्षेत्रमा समेत सघाउन जाने नेता नेमवाङले यसपटक यहाँका जनतालाई बुझाउनसमेत बाहिर जान नभ्याउने बताए। निर्वाचनबाट जनताले काम गर्नसक्ने सरकार बनाउने उनको भनाइ छ।