• बैशाख २७ २०८३, आईतवार

उम्मेदवारको निधन भएपछि मोरङ ३(१) मा नयाँ निर्वाचन प्रक्रिया शुरु, मतदान मंसिर ४ गते नै हुने

कार्तिक २३ २०७९, बुधबार

काठमाडौं । मोरङ क्षेत्र नंबर ३ (१) का प्रदेश सभा उम्मेदवारको निधन भएपछि आगामी निर्वाचन प्रक्रियामा कुनै अवरोध नहुने निर्वाचन आयोगले बताएको छ।

मोरङ क्षेत्र नंबर ३ (१) का नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभा सदस्य उम्मेदवार शेखरचन्द्र थापाको बुधबार निधन भएको छ। उनको निधनपछि निर्वाचन के हुन्छ भन्ने अन्यौलकाबीच आयोगले नयाँ उम्मेदवारी दर्ता गरेर मंसिर ४ मै निर्वाचन हुने जनाएको छ ।

सम्बन्धित दललाई उम्मेदवारी दर्ता र त्यसपछिका प्रक्रियाका लागि नयाँ कार्यतालिका सार्वजनिक गर्ने र मतदान भने मंसिर ४ गते नै हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेले गोलखबरलाई बताए ।

‘सम्बन्धित दललाई उम्मेदवार मनोनयन, दावीविरोध, फिर्ता र अन्तिम नामावली प्रकाशनका लागि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले नयाँ कार्यतालिका प्रकाशन गर्छ। र मतदान मसिर ४ गते नै हुन्छ,’ प्रवक्ता शर्माले भने।