• बैशाख २७ २०८३, आईतवार

डा. तोसिमा कार्कीविरुद्धको भ्याकेट निवेदनको पेसी दोस्रो पटक ‘हेर्न नभ्याइने’ सूचीमा

कार्तिक २३ २०७९, बुधबार

काठमाडौं । डा. तोसिमा कार्कीको उम्मेदवारी कायम गर्न सर्वाच्चले जारी गरेको अन्तरिम आदेशविरुद्ध निर्वाचन आयोगले दिएको भ्याकेटको निवेदन दोस्रोपटक ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको छ ।

न्यायाधीशद्धय शुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको थियो । यसअघि आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा पेसी तोकिएको थियो। उक्त दिन पेसी २२ औं नम्बरमा मुद्दा तोकिएपछि सुनुवाई सरेको थियो । बुधबार ३० औ नम्बरमा पेसी रहेको थियो ।

सर्वोच्च अदालतले कात्तिक १५ गते ललितपुर क्षेत्र नम्बर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न अन्तरिम आदेश जारी गरेको थियो।

सर्वोच्चले कार्की लाभको पदमा बसेको भनि व्याख्या गर्न नमिल्ने भन्दै उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्नु भन्दै र्नको उम्मेदवारी कायम गरिदिएको थियो।

न्यायाधीश कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्वाचन आयोगको नाममा अन्तरिम आदेश जारी गरेको थियो।