• बैशाख २७ २०८३, आईतवार

एमालेलाई भोट माग्दै हिंडेपछि गण्डकी प्रदेशका ऊर्जामन्त्री बर्खास्त

कार्तिक २२ २०७९, मंगलवार

काठमाडौं । चुनावको माहोल चर्किरहेका बेला गण्डकी प्रदेश सरकारका ऊर्जामन्त्री हरिशरण आचार्य पदबाट हटाइएका छन् । उनलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बर्खास्त गरेका हुन् ।

मंगलबार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङले आचार्यलाई मन्त्रीबाट बर्खास्त गरेको सूचना निकालेका छन् । आचार्यले समाल्दै आएको ऊर्जा, सिंचाइ, जलस्रोत तथा खानेपानी मन्त्रालय मुख्यमन्त्री पोखरेल आफैले समहाल्ने गरि हटाएका हुन् ।

आचार्यले गोरखामा एमाले उम्मेदवारलाई सहयोग गरेको भन्दै मुख्यमन्त्री पोखरेलले बर्खास्त गरेका हुन् । आचार्यले पछिलल्लो समय एमाले उम्मेदवारलाई मत माग्दै हिँडेको आरोप छ ।

आचार्य २०७४ सालको निर्वाचनमा नयाँ शक्ति पार्टीबाट गण्डकी प्रदेशसभा सदस्य पदमा विजयी भएका थिए । आचार्यलाई हटाउन मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुखसमक्ष मंगलबार नै सिफारिसपत्र लेखेका थिए ।

यसअघि आचार्यले नेपाल समाजवादीका उम्मेदवार फडिन्द्र देवकोटाविरुद्ध बागी उम्मेदवारी दिएर पछि फिर्ता लिएका थिए । बागी फिर्ता लिएपनि एमालेसँग मिलेर भोट काट्ने योजना बनाएपछि उनलाई बर्खास्त गरिएको एक मन्त्रीले बताए ।