• बैशाख २७ २०८३, आईतवार

चर्किंदै चुनाव : मकवानपुर–२ का उम्मेदवार विरोध खतिवडामाथी दुर्व्यवहार

कार्तिक २२ २०७९, मंगलवार

काठमाडौं । मकवानपुरमा नेकपा एसका नेता विरोध खतिवडालाई  दुर्व्यवहार गरिएको छ । जिल्लाको मनहरीमा मकवानपुर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार खतिवडामाथि  दुर्व्यवहार  भएको हो ।

मनहरी गाउँपालिका वडानम्बर –४ मा चुनावी कार्यक्रमका लागि जाने क्रममा मंगलबार पूर्वमन्त्री समेत रहेका नेता खतिवडामाथि दुव्र्यवहार भएको मकवानपुर प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी टेकबहादुर कार्कीले खतिवडामाथि अभद्र व्यवहार गर्ने पुरुषोत्तम खड्कालाई नियन्त्रणमा लिएको जानकारी दिए । उनले घट्नाबारे थप जानकारी लिने काम भइरहेको बताए ।