• जेष्ठ ५ २०८३, मंगलवार

सीता दाहालको स्वास्थ्य अवस्था जटिल बन्दै, भेन्टिलेटरमा राखेर उपचार हुँदै

कार्तिक २१ २०७९, सोमबार

काठमाडौँ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।

ललितपुरको मेडिसिटी अस्पतालमा अहिले उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

लामो समयदेखि जटिल रोग पार्किन्सनबाट पीडित सीतालाई यसअघि १५ दिन अस्पतालमा उपचारका लागि राखिएको थियो ।  शनिबार उनलाई पुनः भर्ना गरिएको थियो ।