• मंसिर १२ २०८१, बुधबार

भोलि खग्रास चन्द्रग्रहण लाग्दै

कार्तिक २१ २०७९, सोमबार

काठमाडौं । भोली मङ्गलबार अर्थात कात्तिक २२ गते ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दै छ ।

नेपाल पञ्चाङ्ग समितिले कात्तिक २२ गते बेलुकी ०५:११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए ।

ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको हो। बेलुकी ०५:१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्टरूपमा देखिने छ । बेलुकी ०५ः२७ बजे ग्रहणको उन्मीलन हुने समितिले जनाएको छ । बेलुकी ०६ः३४ बजे ग्रहण सकिन्छ । एक घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिनेछ । चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा। डा। रामचन्द्र गौतमले बताए ।

कात्तिक २२ गते मङ्गलबार बिहान ०८:११ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेकलाई भोजन निषेध गरिएको छ । बेलुकी ०६:३४ बजे ग्रहण सकिएपछि मात्र भोजन गर्न हुने पनि उनले बताए । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ ।