काठमाडौं । वरिष्ठ कलाकार नीर शाहले नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल आगामी नेपालको परिकल्पनाकार भएको बताएका छन् ।
काठमाडौं क्षेत्र नं ५ लोकतान्त्रिक बुद्दिजीवी तथा पेसाकर्मी समूहले गरेको बृहत कार्यक्रम मार्फत् पौडेललाई मत माग्दै सो कुरा बताएका हुन् । शाहले नेपालको वैचारिक राजनीति र भोलिको सुन्दर नेपालको परिकल्पनाकार पौडेल रहेको समेत बताए ।
‘नेपालको गणतान्त्रिक आन्दोलनको बारेमा मैले धेरै भनिरहन परेन । उहाँ आन्दोलनको बिगुल फुक्ने अग्रणी व्यक्ति हुन् ।’ उनले भने, ‘यी यावतका कुरालाइ केलाएर हेर्दा भोलिको नेपालको परिकल्पनाकार प्रदीप पौडेल हुन् ।’
नेपालको गणतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका रहेकोबारे स्मण गराउँदै अबको पौडेलको पुस्ताले काम गर्नुपर्नेमा जोड दिए ।
त्यसैगरी केपी ओली नेतृत्वको सरकारले गरेका काम कारबाहीका बारेमा टिप्पणी समेत गरेका छन् । शाहले ओली नेतृत्वको सरकारको गलत कदमका कारण गठबन्धन गर्नुपरेको प्रष्ट पारे ।
सो कार्यक्रममा अर्थशास्त्री डा. स्वर्णिम वाग्ले, स्वास्थ्यविज्ञ डा. सुधा त्रिपाठी लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।