काठमाडौं । कालिगण्डकीमा हाम फालेर एकजना बेपत्ता भएका छन् । गुल्मी र स्याङ्जाको संगमस्थल कालिगण्डकीमा हाम फालेर एक व्यक्ति बेपत्ता भएका हुन् ।
स्याङ्जा र गुल्मी जोड्ने आँधिमुहान पुलबाट हाम फालेर कालिगण्डकी गाउँपालिका–१ गुल्मी हर्मिचौर निवासी ३५ वर्षीय टेकराज पाण्डेय बेपत्ता भएको जैपते चौकीमा कार्यरत प्रहरी जवान राजु बाँनियाले जानकारी दिए ।
उनका अनुसार शुक्रबार बिहान टेकराजले करिब ११ बजेको समयमा कालिगण्डकीमा हाम फालेका थिए । त्यसपछि उनी बेपत्ता भएका हुन् ।
मिर्मी आँधिमुहान ड्यामको पानी छोडिएकोले बेपत्ताको खोजी गर्न गाह्रो भएको स्थानीय सुमन पाण्डेयले जानकारी दिए । बेपत्ताको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।