• जेष्ठ ५ २०८३, मंगलवार

बाल्टिनमा राखेको पानीमा डुबेर बालकको ज्यान गयो

कार्तिक २० २०७९, आईतवार

काठमाडौं । बाल्टिनमा राखेको पानीमा डुबेर एक बालकको ज्यान गएको छ। काठमाडौं महानगरपालिका-९ गौशालामा रहेको तुलसी गेष्ट हाउसको छतमा राखेको पानीमा डुबेर शनिबार दिउँसो बालकको मृत्यु भएको हो।

उक्त गेष्ट हाउसमा बसेका बाँकेको बैजनाध घर भएका ३० वर्षीय राजबहादुर चौधरीका छोरा आरोजको मृत्यु भएको प्रहरीले जनाएको छ।