• पुष २० २०८१, शनिबार

कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने

कार्तिक २० २०७९, आईतवार

बैतडी । आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने भएका छन् । मतदाता नामावलीमा नाम भएका कैदीबन्दीलाई कारागारबाटै मतदान गर्ने व्यवस्था गरिएको हो ।

कैदीबन्दीका लागि कारागारमै अस्थायी मतदान केन्द्र तोकिएकोे जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले बताए । उक्त मतदान केन्द्रबाट कैदीबन्दीका साथै र चुनावमा नखटिने सुरक्षाकर्मी तथा निजामती कर्मचारीले मतदान गर्न पाउनेछन् ।

बैतडीमा पाँच कैदीबन्दीसहित करिब आठ सय अस्थायी मतदाता छन् । निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मीले भने सम्बन्धित मतदान केन्द्रबाटै मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।

कैदीबन्दी, सुरक्षाकर्मी र निजामती कर्मचारीले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मात्र मत दिन पाउनेछन् । अस्थायी मतदान केन्द्रमा चार कर्मचारी खटिने जनाइएको छ । जिल्लाभरि एक सय २९ मतदानस्थल र दुई सय १० मतदान केन्द्र छन् ।