• बैशाख २७ २०८३, आईतवार

गठबन्धनको घोषणापत्र जनता अल्मल्याउने खेल मात्रै होः एमाले अध्यक्ष ओली

कार्तिक १९ २०७९, शनिबार

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले जनता अल्मल्याउने घोषणापत्र ल्याएको टिप्पणी गरेका छन्।

एमालेनिकट प्रवासी नेपाली मञ्चको अधिवेशनको काठमाडौंमा उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन्।

‘घोषणापत्र नाममा केही चिज निकाल्नैपर्ने भएकोले उनीहरू निकालेका छन्। यिनीहरूका घोषणापत्रमा केही पनि छैन,’ ओलीले भने, ‘राजनीतिक दलले कार्यक्रम दिनु पर्यो। उसको सोच हुनु पर्यो। कार्यक्रममा त्यो कुरा प्रतिबिम्बित हुनुपर्यो। तर, त्यस्तो छैन, सिर्फ शब्द थुपारिएका छन्। घोषणापत्र शब्दहरूको थुप्रो भएको देखिन्छ। खाली जनता अल्मल्याउने जादुगरी खेल यिनीहरूले खेल्न खोजेका छन्।’