• बैशाख २७ २०८३, आईतवार

दार्चुलाबाट एमालेको चुनावी अभियान सुरु गर्ने तयारी,ओली सम्बोधन गर्न हेलिकप्टरबाट जाँदै

कार्तिक १८ २०७९, शुक्रबार

काठमाडौं ।  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज हेलिकोप्टरमार्फत दार्चुला पुग्दैछन् । एमालेको चुनावी आमसभा आज सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट सुरु हुने भएको छ । त्यसका लागि दार्चुला जान लागेका हुन् ।

ओली बिहीबार नै धनगढी पुगिसकेका छन् । एमालेले ४ मंसिरमा तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुच्चे नक्सालाई समेत चुनावी एजेण्डा बनाउने ध्ययका साथ दार्चुलाबाट चुनावी अभियान सुरु गर्न लागेको हो ।

ओली नेतृत्वको सरकारले अढाइ वर्ष अघि लिपुलेक, लिम्पियाधुरा, कालापानीसहितको भूगोल समेटेर नक्सा जारी गरेको थियो ।ओलीले आज बिहान ११ बजे दार्चुला सदरमुकाम खलंगामा हुने चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि एमालेले आजै बैतडी र कञ्चनपुरमा पनि आमसभा गर्दैछ । ती चुनावी सभालाई पनि ओलीले सम्बोधन गर्नेछन् । एमाले प्रचार विभाग प्रमुख खड्क बडालका अनुसार दार्चुलाबाट सुरु हुने चुनावी अभियान पूर्वमा पुगेर टुंगिनेछ ।