• बैशाख २७ २०८३, आईतवार

राष्ट्रिय स्वतन्त्र पार्टीले आज वाचा पत्र सार्वजनिक गर्दै

कार्तिक १७ २०७९, बिहीबार

काठमाडौं । पहिलो पटक चुनावमा होमिन लागेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज बिहीबार वाचा पत्र सार्वजनिक गर्ने भएको छ ।

आगामी मंसिर ४ गतेका लागि तय भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै विभिन्न राजनीतिक दलहरुले घोषणापत्र सार्वजनिक गर्ने क्रम जारी रहेकोबेला ष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो घोषणापत्रलाई वाचा पत्रको नाम दिएर सार्वजनिक गर्न लागेको हो ।

प्रमुख राजनीतिक दल नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतले चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् भने केही दल अझै बाँकी रहेका छन् ।