• बैशाख २७ २०८३, आईतवार

काठमाडौं–३ को उम्मेदवारी निष्क्रिय पार्न माओवादीले दियो निर्देशन

कार्तिक १६ २०७९, बुधबार

काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौं–३ बाट प्रतिनिधिसभा सदस्यको आफ्ना उम्मेदवारलाई उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको छ ।

माओवादी पार्टी केन्द्रीय कार्यालयले प्रतिनिधिसभा र प्रदेश सभा ‘क’ को उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । सत्तारुढ गठबन्धनबीच उक्त क्षेत्रमा कांग्रेसको उम्मेदवार रहने सहमति भएको थियो तर माओवादी केन्द्रको स्थानीय कमिटीले नमानेर उम्मेदवारी कायम राखेको थियो ।

काठमाडौं–३ मा माओवादी केन्द्रबाट बद्री बजगाईंले उम्मेदवारी दिएका थिए भने प्रदेशसभामा काठमाडौं ३ ‘क’ मा कपिलमुनि उप्रेतीले उम्मेदवारी दिएका थिए ।

माओवादीले काठमाडौं–३ ‘ख’ मा भने सत्ता गठबन्धनबीच मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति भएको भन्दै महेश्वर फुयालको उम्मेदवारी कायम राखेको छ ।

हेर्नुहोस् विज्ञप्ति :