• बैशाख २७ २०८३, आईतवार

यो पटकदेखि मतगणनास्थलमा तारजाली प्रयोग नगर्ने

कार्तिक १६ २०७९, बुधबार

काठमाडौँ । निर्वाचन आयोगले यसपटक मतगणनास्थलमा तारजालीको प्रयोग नगर्ने भएको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले यसपाली मगतणनास्थलको सुरक्षाका लागि अन्य उपाय अपनाउने तर तारजाली भने नलगाउने बताएका हुन्।

बुधबार पत्रकार सम्मेलनमा बोल्दै प्रमुख आयुक्त थपलियाले यस्तो बताएका हुन्। उनले मतगणनास्थलमा सिसिटिभीको भने प्रयोग गरिने बताए।