काठमाडौं । पुदिनाको अचार स्वास्थ्यको लागि लाभदायी मानिन्छ। यसले शरीरलाई शितलता प्रदान गर्नुका साथै विभिन्न रोगहरुबाट बचाउँछ। यसरी खानामा पुदिनाको अचार थप्दा स्वादमा बढवा दिन्छ। साथै शरीरलाई शितलता प्रदान गर्छ। पेट, त्वचा लगायतको समस्यामा पनि पुदिनाको चटनी लाभदायी छ। त्यस्तै प्रसवको समयमा पनि पुदिनाको अचारको सेवन गर्नु लाभदायी मानिन्छ । साथै पुदिनाको पात पिसेर निधारमा लगाएमा टाउको दुख्ने समस्याबाट आराम मिल्दछ ।
–पुदिना, तुलसी, अदुवा र कालीमोर्चालाई मिलाएर पानीमा उमाल्नुहोस्। जुन रस ग्यास्टिक समस्या भएकाले लगातार सेवन गर्दा जरैदेखि समस्या समाधान हुन्छ।
–पुदिनाको पातको धुलोलाई चिनीसंग मिलाएर खाएमा पेट दुख्ने समस्या निको हुन्छ।
–पुदिनाको पात पिसेर त्यसको लेप मुहारमा लगाउँदा पनि दाग, धब्बा निको हुनुका साथै मुहार चम्किलो पनि हुन्छ।
–दाद, एलर्जी भएको ठाउँमा पुदिनाको पात पिसेर लेप लगाउँदा ठीक हुन्छ। पुदिनाको सेवनले खटाई लाग्ने समस्या पनि निको हुन्छ।
–पुदिनाको चटनी (अचार) बनाएर खाएमा पेटको सबै समस्या निको हुन्छ।
–पुदिनाको ताजा रस सेवन गर्दा रुघाखोकी निको हुन्छ। ज्वरो आएको बेला पुदिना र तुलसीको पात पानीमा उमालेर सेवन गर्दा ज्वरो ठीक हुन्छ।
–पुदिनाको सेवनले गर्मीमा लाग्ने लू बाट पनि राहात मिल्न सक्छ। यदि शरीरमा घाउ छ भने त्यहाँ पुदिनाको लेप लगाउँदा छिटो निको हुन्छ। एजेन्सी