• बैशाख २७ २०८३, आईतवार

एमाले घोषणापत्रः ५ वर्षमा ६० लाखलाई सामाजिक सुरक्षा भत्ता दिने प्रतिबद्धता

कार्तिक १५ २०७९, मंगलवार

काठमाडौं । नेकपा एमालेले ५ वर्षमा ६० लाखलाई सामाजिक सुरक्षा भत्ता दिने घोषणा गरेको छ । चुनावी घोषणापत्रमार्फत एमालेले ७५ प्रतिशतलाई योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा समेट्ने जनाएको छ ।

त्यस्तै आर्थिक बृद्धिका आधारमा सबै प्रकारका भत्ता बृद्धि गर्ने जनाएको छ भने न्यूनतम् ज्याला रु २५ हजार पुर्याउने जनाएको छ ।