• जेष्ठ ५ २०८३, मंगलवार

हुम्लामा उपचार नपाएर सुत्केरीको मृत्यु

कार्तिक १५ २०७९, मंगलवार

काठमाडौं ।  हुम्लामा समयमै उपचार नपाउँदा एक सुत्केरीको मृत्यु भएको छ। मंगलबार हुम्लाको अदानचुली गाउँपालिका ५ काँखे गाउँकी २० वर्षकी रङ्गिता शाहीको मृत्यु भएको हो।

स्थानीयका अनुसार सुत्केरी हुन नसकेर उनको मृत्यु भएको हो। गाउँ नजिकै स्वास्थ्यचौकी नहुँदा उपचार सम्भव नभएको र उपचार नपाउँदा मृत्यु भएको शाहीका आफन्तले बताएका छन्।