• जेष्ठ ५ २०८३, मंगलवार

‘नो नट अगेन’ पेज बन्द नगर्न र डा. तोसिमा कार्कीको उम्मेदवारी खारेजीविरुद्ध परेको मुद्दामा आज सुनुवाइ हुँदै

कार्तिक १५ २०७९, मंगलवार

काठमाडौं । निर्वाचन आयोगले गरेका दुई निर्णयविरुद्ध दायर रिटमा मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।

‘नो नट अगेन’ नामक फेसबुक पेज बन्द गर्न आयोगले जारी गरेको विज्ञप्तिको विरोधमा र ललितपुर क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी खारेजीविरुद्ध परेको छुट्टाछुट्टै रिटमाथि सुनुवाइ हुन लागेको हो

‘नो नट अगेन’लाई बन्देज गर्नेगरी आयोगले जारी गरेको विज्ञप्ति खारेजीको माग गर्दै रिट दर्ता भएको थियो।