काठमाडौं । नेकपा (एमाले)ले चुनावी घोषणापत्र मंगलबार सार्वजनिक गर्ने भएको छ।
एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मंगलबार दिउँसो १:३० बजे घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम छ।
घोषणापत्र सार्वजनिक गरिसकेपछि एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी कार्यक्रममा सहभागी हुने तयारी गरेका छन् । विभिन्न क्षेत्रमा हुने करिब ५५ वटा सभामा उनी सहभागी हुने तयारी गरेका छन् ।