• जेष्ठ १४ २०८३, बिहीबार

एकैदिन यति धेरै मानिसको मृत्यु हुन्छ कसरी ? यस्तो छ- प्रहरी र गृह प्रशासनको भनाइ

कार्तिक १४ २०७९, सोमबार

काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा पाँच जनाको मृत्यु भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले दिएको जानकारी अनुसार देशका छुट्टाछुट्टै स्थानमा उनीहरूको मृत्यु भएको हो ।

झापा, शिवसताक्षी नगरपालिका–१ मा एक जनाको मृत्यु भएको छ । सोही नगरपालिकाकै उक्त वडाको सडकमा मे.१ ह ७२६० नम्बरको सिटीले किच्दा सिटीका चालक मृत्यु भएको हो । जिल्लाको दमक नगरपालिका–५ बस्ने ४८ वर्षीय रण बहादुर खडकाको शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

सटीबाट फर्निचरको सामान झारी सामान राख्ने क्रममा सिटी अचानक गुड्न गई किच्दा बेहोस भएका खडकाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै सर्लाही, ब्रह्मपुरी गाउँपालिका–५ सखुवामा एक जनाको मृत्यु भएको छ । सोही पालिकास्थित सडकमा हाल नम्बर नखुलेको स्करपियोले ज.१० प १३०८ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक भारत घर भएका २२ वर्षीय नेक महमदको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । उक्त दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार स्करपियो चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी रूपन्देही, बुटवल उपमहानगरपालिका–१३ जितगढीमा दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । सोही पालिकाको उक्त वडास्थित सडकमा ना.६ ख ७९०९ नम्बरको बस र लु.२७ प ६९७४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक तिलोत्तमा नगरपालिका–१२ जैकुटी बस्ने ४८ वर्षीय शेर बहादुर थापाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल हुँदै मेडिकल कलेज भैरहवामा थप उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

थ्रेसर मेसिनमा परी मृत्यु कञ्चनपुर, शुक्लाफाटा नगरपालिका–४ असैनामा एक जनाको मृत्यु भएको छ । से.१ त ४९३८ नम्बरको ट्याक्टरको थ्रेसर मेसिनमा धान चुट्ने क्रममा मेसिनमा परी सोही ठाउँ बस्ने ४७ वर्षीया सिमना रानाको शनिबार राति घटनास्थलमै मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताइएको छ ।

रामेछाप, १४ कात्तिक खाँडादेवी गाउँपालिका–१ खैरेनीमा एक जनाको मृत शव फेला परेका छ । खैरेनी पुलस्थित सुनकोशी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुषको शव शनिबार फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ बताएको छ ।

घटनाको सम्बन्धमा हरेक व्यक्तिले सडकमा सवारी साधन चलाउँदा होशियारी पूर्वक चलाउन प्रहरीले सुझाव दिएको छ । ट्राफिक नियमको पालना नगर्नु, पुराना सवारी साधनको प्रयोग गर्नु, मापसे गरेर सवारी हाँक्नुले पनि यस्ता घटना दोहोरिरहने प्रहरी बताउँछ ।

यसका लागि सडकमा खटिएका ट्राफिक प्रहरीको संकेतअनुसार सवारी चलाउनुपर्ने प्रहरी बताउँछ । त्यस्तै सवारी साधन चलाउँदा आफू मात्रै होइन, अरू यात्रुहरूको पनि सुरक्षालाई ध्यान दिन ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

मुलुकका सडकको स्तरउन्नती अझैँ नभई सकेकोले चालकले सवारी साधन चलाउँदा सावधानी पूर्वक ट्राफिक नियमको पालना गर्नुपर्नेमा गृह प्रशासनको जोड छ ।

उक्त प्रशासन भन्छ, ‘सवारी चालक अनुमतिपत्र (लाइसेन्स) अनिवार्य हुनुपर्ने छ, अन्यथा कानुनी कारबाही हुने भएकोले अनुमति पत्र चालकले सवारी चलाउँदा साथमा अनिवार्य लिनुपर्ने वा सुरक्षित राख्नुपर्ने छ । उक्त पत्र सडकमा खडिएका ट्राफिक प्रहरीले जुनसुकै बेला पनि चेकजाँच गर्न सक्नेछन् । त्यति मात्रै नभई यातायातका सवारी साधनमा सवार यात्रुहरूले पनि छ वा छैन भनि खोध खोज गर्न मिल्छ ।’