• मंसिर १२ २०८१, बुधबार

उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व समापन

कार्तिक १४ २०७९, सोमबार

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व सोमबार समापन भएको छ ।

कार्तिक शुक्ल षष्ठी तिथिको साँझमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका श्रद्धालुले सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व समापन गरेका हुन्।

मिथिलाञ्चल क्षेत्रको विशिष्ट पर्व छठको व्रत विधि कार्तिक शुक्ल चतुर्थीमा शुरु हुन्छ र सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पूरा हुन्छ।

कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर व्रतालुले यो व्रत सुरु गर्छन्। दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई प्रसाद स्वरूप खाने र नुन नखाई एक छाक फलाहार गर्छन्।