गोरखा । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातन्त्रिक विद्यार्थी संगठनको गोरखा जिल्ला संयोजकमा विशाल देवकोटा मनोनीत भएका छन् । उनलाई यथासिघ्र जिल्ला अधिबेशन सम्पन्न गर्ने गरी जिम्मेवारी प्रदान गरिएको हो ।
अजिरकोट गाउँपालिका घर भएका देवकोटा राप्रविसं गोरखामा लामो समयदेखि सक्रिय रहेका थिए ।
शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टी संयोजित संगठन समन्वय बिभागका सदस्य सचिब धनसुर शाही, संगठनका सहसंयोजक उमेश सिंह बिष्ट लगायतको उपस्थितिमा संगठनको केन्द्रीय कार्यालय काठमाडौंमा बसेको बैठकबाट राप्रविसंका केन्द्रीय संयोजक जय प्रकाश बगालेले उनलाई मनोनयन गरेका हुन् ।