काठमाडौं । विभिन्न स्थानमा भएका दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । महोत्तरीको सोनमा गाउँपालिका७ सुन्दरपुरस्थित सडकमा ज११ प ९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५० वर्षीया फेकनी देवीको शुक्रबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै बाराको जितपुरसिमरा उपमहानगरपालिका१ स्थित सडकमा ना७ ख ५८०५ नम्बरको बसमा बाप्र ०३०४ प ८९७८ नम्बरको मोटरसाइकल ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार मकवानपुर हेटौंडा उपमहानगरपालिका-१६ हटिया टोल बस्ने ४५ वर्षीया होमा थापा मगरको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको लागि अल्पाईन अस्पताल सिमरातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका-११ मुग्लाहस्थित सडकमा बा१९ च ५३६६ नम्बरको बोलेरो गाडीको ठक्करबाट साईकलयात्री सोही नगरपालिका(६ तर्कुल्लाह बस्ने ७२ वर्षीय कुबेरनाथ कहारको शुक्रबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता सुनसरीको ईटहरी उपमहानगरपालिका(१० स्थित सडकमा प्रदेश १ -०२-०४१ प ४४११ नम्बरको मोटरसाइकल र को ४ प १४१० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्कर खाई शुक्रबार साँझ दुर्घटना हुँदा दुवै मोटरसाइकलमा सवार ३ जनाको मृत्यु भएको छ ।
दुर्घटनमा गम्भीर घाइते भएका प्रदेश १-०२-०४१ प ४४११ नम्बरको मोटरसाइकल चालक मोरङ विराटनगर महानगरपालिका टंकी बस्ने ४६ वर्षीय ओझराज लुईटेल, को-४ प १४१० नम्बरको मोटरसाइकल चालक सुनसरी धरान उपमहानगरपालिका १५ बस्ने ४० वर्षीय राजन राई र सोही मोटरसाइकलमा सवार ३२ वर्षीय रामु राईको आर्यन न्यूरो हस्पिटल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
ईलामको सूर्योदय नगरपालिका-९ फिक्कल पशुपतिनगरस्थित सडकमा प्रदेश १०१०१३ प ८०१३ नम्बरको मोटरसाइकल सडकको छेउमा रोकी राखेको बाटो पिच गर्ने मिक्स्चरमा ठोक्किएर शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका(३ बस्ने ३५ वर्षीय दिनेश राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । यसैगरी ईलामकै ईलाम नगरपालिका१० सिलपुरस्थित सडकमा प्रदेश १०३००१ च ००२० नम्बरको बोलेरो गाडी आफै अनियन्त्रित भई शुक्रबार साँझ दुर्घटना हुँदा गाडीमा सवार माईजोगमाई गाउँपालिका-४ बस्ने ५१ वर्षीय पदम देवानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ईलाममा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता मोरङ ग्रामथान गाउँपालिका५ बांगेचोकस्थित सडकमा प्र-१-०१-०१३ प ८०१५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकलमा चालक पथरी शनिश्चरे नगरपालिका७ बस्ने २० वर्षीय सनम थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका३ घण्टेस्थित सडकमा ना५१ प ७६३९ नम्बरको मोटरसाइकल र ना३३ प ४७६० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार बिहान दुर्घटना हुँदा ना३३ प ४७६० नम्बरको मोटरसाइकल चालक हरिहरपुरगढी गाउँपालिका३ बस्ने ५० वर्षीय विश्वकुमार श्रेष्ठको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सामुदायिक अस्पतालमा हेटौंडामा उपचारको क्रममा मृत्यु भएको हो । ना-५१ प ७६३९ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।