काठमाडौैं । गृहमन्त्री बालकृष्ण खाणले कालीकोटको तिलागुफा नगरपालिका–१० रानावाडामा विष्फोटक पदार्थ पड्किँदा गम्भीर घाइते भएकाहरू बालबालिका को उद्धारका लागि हेलिकप्टर पठाउन निर्देशन दिएका छन्।
गृहमन्त्रीको निर्देशनपछि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर कालीकोट पुगेर अवतरण गरिसकेको कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए।
विष्फोटक पदार्थ पड्किँदा एक जनाको उपचारका क्रममा मृत्यु भएको र चार जना गम्भीर घाइते भएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ। तिलागुफा १० कि ४ वर्षकी झरना थापाको उपचारका क्रममा मृत्यु भएको प्रजिअ शर्माले बताए।
नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व भएकाले त्यसका कुनै कसर बाकी नराख्न गृहमन्त्री खाणले गृह प्रशासनलाई निर्देशन दिएका छन्।