काठमाडौं । काठमाडौं उपत्यकामा १६ कात्तिकमा उम्मेदवार मेला आयोजना हुने भएको छ ।
प्रमुख दल र स्वतन्त्र उम्मेदवारको सहभागिता रहने सो मेला भृकुटीमण्डपमा हुनेछ ।
भूगोलपार्क प्रालि आयोजक रहेको यो मेलामा उम्मेदवारहरूले राष्ट्रिय र स्थानीय मामिलामा मतदातासँग आ-आफ्नो दृष्टिकोण प्रस्तुत गर्न पाउने आयोजकले जनाएको छ । अन्यत्र यस्तो प्रचलन भएपनि नेपालका लागि यो नयाँ अभ्यास हुने आयोजकको भनाइ छ ।