काठमाडौं । तारकेश्वर ननगरपालिकाको पैयौटारबाट प्रहरीले ८ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ।
भीमबाबु केसीको घरको कोठामा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो। उनीहरुको साथबाट १६ थान कौडा र नगद दुई लाख ८६ हजार ६ सय ८० रुपैयाँ बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।