• मंसिर १५ २०८१, शनिबार

आज शुक्रबारका लागि तोकिएको विनिमय दर यस्तो

कार्तिक ४ २०७९, शुक्रबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १२ पैसा र बिक्री दर १३२ रुपैयाँ २७ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १२९ रुपैयाँ ५७ पैसा र बिक्री दर १३० रुपैयाँ १६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १४८ रुपैयाँ १९ पैसा र बिक्री दर १४८ रुपैयाँ ८७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।