• बैशाख ६ २०८२, शनिबार

संस्कृतिविद जोशीको निधन, दाहसंस्कार भने नगरिने, यस्तो छ कारण

आश्विन ३० २०७९, आईतवार

काठमाडौं । आइतबार बिहान निधन भएका शताब्दी पुरुष सत्यमोहन जोशीको अन्तिम संस्कार नहुने भएको छ । उनको पूरै शरीर दान गरिएकाले अन्तिम संस्कार नहुने बरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदनले बताए ।

अन्तिम संस्कार नभए पनि उनको शवलाई अन्तिम श्रद्धाञ्जली भने सर्वसाधारणले दिन पाउने छन् । तर श्रद्धाञ्जलीका लागि कुन स्थानमा पार्थिव शरीर राखिने र कतिबेला दिने भन्ने विषयमा निणर्य गर्न बाँकी रहेको रोदनको भनाइछ । शताब्दी पुरुष सत्यमोहन जोशीको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा १०३ वर्षको उमेरमा निधन भएको हो ।

आइतबार विहान ७ः०९ बजे जोशीको निधन भएको अस्पतालले जानकारी दिएको हो ।  जोशी विगत लामो समयदेखि प्रोटेस्ट तथा मुटुको समस्याबाट पीडित थिए भने उनलाई पछिल्लो समय डेंगुको पनि संक्रमण रहेको थियो । डेङ्गु संक्रमणपछि उनलाई असोज २३ गते छातीमा निमोनियाको संक्रमण साथै मुटुको चाल सम्बन्धी समस्या देखिएको थियो । यस्तै अक्सिजन कमी भएर उनलाई सघन उपचार कक्षमा सिफ्ट गरि उपचार सेवा दिइँदै आएको थियो ।

उनलाई पहिलेदेखि पुरानो रोगले ग्रसित पारेको कारणले जतिसुकै औषधि चलाएता पनि शरीरले राम्रो रेस्पोन्स नगरेको अस्पतालले जनाएको थियो । उनको उपचारमा प्रा.डा मिलेशजंग सिजापतिको संयुक्त टोली खटिँदै आएको थियो ।