काठमाडौँ । सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । सोमबार प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मगलबार १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।