काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गर्ने तयारीमा छन् ।
नेकपा एमालेका शिर्ष नेताहरुसँग छलफल गरिरहेको एमाले स्थायी कमिटी सदस्य किरण गुरुङले पूर्व आईजीपी खनाल एमाले प्रवेशको तयारीमा रहेका पुष्टी गरे । खनाललाई निकट भविष्यमै एक कार्यक्रमकाबीच पार्टी सदस्यता दिने गुरुङले बताए ।
तनहुँ जिल्लामा जन्मघर भएका खनाल तनहुँकै भूगोलबाट राजनीति गर्ने गरी एमाले प्रवेश गर्न लागेको बताइएको छ ।