एजेन्सी । भारतले आठ नामिबियाली चितुवाहरूलाई जंगलमा छाडेको छ । लोप हुँदै गएका चितुवाहरूलाई पुनः संरक्षित गर्ने महत्वाकांक्षी परियोजनाअन्तर्गत शनिबार मध्य प्रदेशको कुनो राष्ट्रिय निकुञ्जमा ती चितुवा छाडिएका हुन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीको जन्म दिन पारेर उक्त चितुवा निकुञ्जमा छाडिएको हो । छाडिएका चितुवामध्ये पाँच ओटा पोथी र तीन ओटा भाले छन् ।