एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की कार दुर्घटनमा परेका छन् । कार दुर्घटनामा परे पनि जेलेन्स्की भने सकुशल रहेको उनका प्रवक्तालाई उदृत गर्दै गार्डियन पत्रिकाले जानकारी दिएको छ ।
जेलेन्स्की चढेको कार एउटा निजी कारमामा ठोक्किएको थियो । बिहीबार बिहान फेसबुकमा प्रवक्ताले दुर्घटना सम्बन्धी जानकारी दिएको तर, दुर्घटना भने कहिले भएको भन्ने सूचना चाहिँ नबताएको गार्डियनले उल्लेख गरेको छ।
दुर्घटनापछि स्वास्थ्य परीक्षण गर्दा कुनै चोट नदेखिएको र उक्त घटना सम्बन्धी अनुसन्धान भइरहेको पनि प्रवक्ताको हवला दिँदै गर्डियनले जनाएको छ।