नेकपा (बहुमत) ले आगामी मंसिर ४ गते हुन गइरहेको संसदीय निर्वाचन सशक्त रूपमा अवज्ञा गर्ने भएको छ । देउवा नेतृत्वको गठबन्धन सरकारले आगामी मङ्सिर ४ गतेका लागि प्रदेश र सङ्घको निर्वाचन घोषणा गरेको छ ।
सो पार्टीको पाल्पामा बसेको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरिएको एक नेताले जानकारी दिए । बैठकको निणर्यको पूणर् जानकारी भने आइसकेको छैन ।
संसदवादी पार्टीहरूका लागि प्रदेश र सङ्घ दुवै तहका निर्वाचनहरू विकास र समृद्धिको मुखुन्डो लगाएर राज्यको ढुकुटी दोहन गर्ने, दलालहरूलाई पोस्ने, राष्ट्रघातका लागि नयाँ ‘लेन्डुप दोर्जे’ हरू उत्पादन गर्ने, जनघातका योजना र कार्यक्रम कार्यान्वयन गर्न नयाँ दलालहरू तयार पार्ने, चुनावको बहानामा तस्करहरूबाट लिएको चन्दा/रकमको बदला उपभोग्य सामानको मूल्य वृद्धि गर्न छूट दिने र सर्वसाधारण जनता लुट्ने वैध जत्था तयार पार्ने घोषित पर्व हो भने श्रमिक जनताका लागि लुटेरा, हत्यारा, देशद्रोही, भ्रष्ट, कमिसनखोर र डाँकाहरूमध्ये एउटा रोज्नैपर्ने र त्यही ठग र भ्रष्टलाई नेता, सांसद, मन्त्री वा प्रधानमन्त्री स्वीकार गरेर पाँच वर्षसम्म लुटिनका लागि आफैले अपराधी जत्था तयार पार्नुपर्ने विडम्बनापूणर् अवस्था हो । ती नेताले भनेका छन् ।
उनले दलाल पुँजीवादी सत्ता आफैमा शोषण, दोहन, राष्ट्रघात, जनघात, भ्रष्टाचार महँगी र बेथितिहरूको डङ्गुर भएकाले स्वाभिमानी जनता र मेहनतकस वर्गका लागि अनावश्यक बोझ र व्यभिचारको अखडाबाहेक केही नभएको भन्दै लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, समावेशी जेजे पगरी गुथाए पनि यो शोषण, असमानता, व्यभिचार, राष्ट्रघात, जनघात र उत्पीडन थोपर्ने साधनबाहेक केही होइन भन्दै असफल र बदनाम व्यवस्थाको बदनाम निर्वाचनलाई बहिष्कार, खारेज वा सारमा सशक्त अवज्ञा गर्नु पर्ने बताए ।
साथै उनले जनतालाई दलाल पुँजीवादी लुटेरा शासनको विकल्प वैज्ञानिक समाजवादतर्फ आकर्षित गर्नु यति बेलाको प्रमुख दायित्व रहेको बताएका छन् ।