काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीले आईपीओमा १० प्रतिशत कोटा पाउने नियमावली बनेको छ।
नेपाल धितोपत्र बोर्डद्वारा सोमबार जारी नियमावलीमा वैदेशिक रोजगारीमा जाने नेपालीलाई साधारण सेयर (आईपीओ)मा कोटाको व्यवस्था गर्ने विषय समेटिएको छ। बोर्डले धितोपत्र दर्ता तथा निष्काशन (छैठौं संशोधन) नियमावली, २०७९ जारी गरेको हो।
जसअनुसार संगठित संस्थाद्वारा जारी गर्ने आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशत छुट्याउनु पर्नेछ।