काठमाडौं । चालू आर्थिक वर्षमा विदेशबाट २९ लाख रुपैयाँको डाइपर आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको साउन महिनाको तथ्यांक अनुसार २९ लाख १७ हजार रुपैयाँको स्यानिटरी प्याड आयात भएको हो ।
यस अवधिमा उक्त मूल्य बराबरको ११ लाख ९ हजार थान प्याड भित्रिएको छ । चालू आर्थिक वर्षमा स्यानिटरी प्याडको भन्सार दर ९५ प्रतिशतभन्दा धेरैले घटाउने घोषणा सबैभन्दा धेरै विवादित बनेको थियो । जुन, पछिल्लो पटक बसेको मन्त्रीपरिषदको बैठकले सच्याइ सकेको छ ।
यस्तै, यस अवधिमा विदेशबाट १ करोड ५५ लाख रुपैयाँ बराबरको बेबी डाइपर भित्रिएको छ । भन्सार विभागका अनुसार साउन महिनामा उक्त मूल्य बराबरको २४ लाख ४० हजार थान डाइपर भित्रिएको हो ।