• आश्विन ५ २०८१, शनिबार

स्वस्थ्य जीवनशैली उपायले ९० प्रतिशत रोग निको पार्न सकिने

भाद्र २५ २०७९, शनिबार

काठमाडौं । हरेक मानिसहरु स्वस्थ्य र सुखीसुखी भएर बाँच्न चाहान्छन् । तर चाहना राखेर मात्र स्वस्थ्य जीवनशैली पाउन सकिदैन । त्यसकोलागि स्वस्थ्य जीवनशैलीका उपायहरु प्रत्येक मानिसले आफ्नौ दैनिक व्यवहारमा उर्तानु सक्नुपर्दछ । भनिन्छ –खराब जीवनशैली रोगहरूको प्रमुख कारण हो भने स्वस्थ जीवनशैली आरोग्य जीवनको आधारमात्र नभएर रोगहरूको औषधि पनि हो ।

खराब जीवनशैलीका कारण ९० प्रतिशत रोगहरू जन्मन्छन् । स्वस्थ जीवनशैलीबाट नै ९० प्रतिशत रोगहरू ठीक हुने गर्छन्। त्यसले गर्दा हामीले खराब जीवनशैली अपनाउने कि स्वस्थ्य जीवनशैली अपनाउने भन्ने बारेमा सोच्नुपर्दछ । हाम्रो शरीर रोगी हुनुको कारण हाम्रै कतिपय कमिकमजोरले पनि हुने गर्दछन् त्यही कारणलाई पत्ता लगाई आजका दिनबाट हामीले हाम्रो व्यवहारलाई सुधार्न सक्यौ भने अस्पताल धाउनु पर्दैन् । आजका मानिसहरुलाई विशेष गरी मुटुका रोग तथा मानसिक रोग, मधुमेह, उच्च रक्तचाप, (नकारात्मक सोचका कारण) जस्ता डरलाग्दा रोगहरू अनुचित जीवनशैलीकै उपज हुन् । र, यस्ता रोगबाट मुक्त हुन आफ्नो जीवनशैली परिवर्तन गर्न आवश्यक हुन्छ ।

स्वस्थ जीवनशैलीका लागि आहारविहारमा ध्यान दिन सक्यौ भने एक पैसा पनि खर्च गर्नु पर्दैन । स्वस्थ जीवनशैलीका लागि विशेष गरी सन्तुलित भोजन, शुभाचरण, निद्रा–विश्राम, शुभविचार हुन आवश्यक पर्दछ । यस्ता स्वस्थ्य जीवनशैलीका उपायहरु, नियमहरु अस्पतालमा गए भने चिकित्सकले पनि सल्लाह सुझाव दिने गर्दछन् । त्यसकारण सकभर सबैले आफ्नो जीवनमा स्वस्थ्य जीवनशैलीका उपायहरु अपनाउन सक्यो भने अस्पताल धाउनु पर्ने अवस्थाको सिर्जना हुनेछैन् । जब प्रत्येक मानिसको जीवन स्वस्थ्य हुन्छ तब नै जीवन स्वस्थ्य भई सुखी सुखी हुनसक्छ । अनि मात्र आफूले चाहेको काम गर्न सकिन्छ र आफ्नो घर परिवार समाज हुँदै राष्ट्रकोलागि हामीले सोचेभन्दा बढी काम गरेर देखाउन सक्छौं । त्यसकालागि मानिसले आआफ्ना जीवनमा अपनाउनु पर्ने केही उपायहरु छन् त्यसको पालना गर्न आवश्यक छ ।

भनिन्छ –स्वस्थ्य शरीर नै मानिसको धन हो । हरेक मानिसले स्वस्थ्य जीवनशैली कसरी बनाउने भन्ने बारेमा चिन्तनमनन मात्र होइन चिन्ता गरेको पाइन्छ तर अब ति चिन्ताबाट मुक्त हुनुहोस् किन कि तलका हरफहरुमा दिएका स्वस्थ्य जीवनशैलीका उपयोगी उपायहरु छन् त्यसलाई आफ्नो दैनिक जीवनमा लागु गर्न सक्नु भयो भने पक्कै पनि जीवन सु्न्दर उपयोगी भएको पाउनु हुनेछ ।

विशेष गरी हरेक मानिसले स्वस्थ्य जीवनकोलागि विहान उठ्न जरुरी छ । बिहान सूर्योदयपूर्व वा ब्रह्म मुहूर्तमा उठ्ने बानी बसाल्नु भयो भने जीवनकोलागि निकै नै उपयोगी सावित हुनेछ । त्यसैगरी विहान उठ्नासाथ एकदुई गिलास शुद्ध पानी (कब्जियतले दिसा सफा हुँदैन् भने मनतातो पानी) पिएर बाथरुम जाने गर्नुपर्दछ । दिसापिसाब तथा स्नान गर्ने र दैनिक रूपमा, नसके कम्तीमा पनि सप्ताहको एक दिन स्नान गर्नुपूर्व तोरीको तेल या तिलको तेल या जैतुनको तेलले सम्पूर्ण शरीर मालिस गर्ने बानी बसाल्नु पर्दछ । सफासुग्घर लुगा लगाएर शान्त, सफा र खुल्ला ठाउँमा बसेर प्राणायाम, ध्यान तथा योग आसनहरू गर्न सकिन्छ । त्यसैगरी दिनहुँ पाँच किलोमिटर हिँड्ने या दौडिने बानीको विकास गर्नुपर्छ ।

त्यसैगरी कम्तीमा पनि महिनाको एक पटक उपवास बस्ने तथा काम पूरा लगनका साथ गर्नुपर्दछ । साथै परिश्रमअनुसार विश्राम लिनुपर्दछ । अनावश्यक चिजमा बढी भोगविलास नगर्ने जस्ता बानीलाई त्याग गर्नुपर्दछ । समयमै खाने, समयमै सुत्ने र समयमै उठ्ने बासीको विकास गर्नुपर्दछ । साथै पर्याप्त निद्रा लिने गर्नुपर्छ । सधैं सत्य, प्रिय र हितकारी वचन बोल्ने गर्नुपर्दछ । अपशब्द र फटाहा कुरा नगर्ने, कटुवचन नबोल्ने । विनम्र व्यवहारको अपेक्षा गरिएजस्तै आफूले पनि विनम्र व्यवहार गर्ने । फजुल खर्च नगर्ने, जुवातास नखेल्ने, व्यभिचार तथा अनावश्यक फेसनमा धन र समय खेर नफाल्ने घुस खाने तथा भ्रष्टाचार गर्ने जस्ता कुकृत्यहरू नगर्ने बानीको विकास गर्नुपर्दछ ।

सधैं इमान्दार असल कर्म तिर निरन्तर लागि रहनुपर्दछ । जस्तोसुकै आपत्तविपत्तमा पनि मनको धैर्यतालाई टुट्न दिनु हुँदैन किन कि आत्माले नेतृत्व गर्दछ र भौतिक शरीरले अनुसरण गर्दछ भन्ने कुराको हेक्का राख्नुपर्दछ । संसारमा जति पनि प्रसिद्धि कमाएका छैन् उनीहरुको इच्छा शक्ति र आत्माबल उच्च भएर नै उनीहरु सफल भएका हुन् । त्यसकारण हिम्मत र हौसला बनाइराख्ने । ठूलाको आदर, असलको संगत र सानालाई माया गर्ने। सधैं सत्य, अनुशासन र न्यायको मार्गमा हिँड्ने । अन्याय र असत्यका अगाडि कहिल्यै नझुक्ने । जातभात भेषूभषा मत–सम्प्रदाय, लिंग, वर्ण र पेसा आदिको आधारमा कसैसँग भेदभाव तथा पक्षपातपूर्ण व्यवहार नगर्ने ।

हामी सबै मानव हौं भन्ने कुरा हेक्का राख्नुपर्दछ । देशको संविधान र कानुनको पालना गर्ने। देशलाई अहित हुने कुनै काम नगर्ने । सरल र सरस जीवन जिउने । घरमा सफासुग्घर र फूलहरू रोप्ने । घर बनाउँदा बिहान सूर्यको प्रकाश घरभित्र छिर्ने गरी बनाउने । बेडरुममा अनावश्यक सामग्रीहरू नराख्ने । भित्तामा उत्तेजक तस्बिर तथा धेरै भित्तेपात्रोहरू नझुन्ड्याउने । बिछ्यौना सधैं सफासुग्घर राख्ने । लुगाहरू मिलाएर राख्ने । च्यातिएका लुगालाई नष्ट गर्ने । अध्ययन कोठामा किताबहरू मिलाएर राख्ने । च्यातिएका किताबहरूलाई पुनः बाइन्डिङ गरेर राख्ने । नचाहिने किताबहरू व्यवस्थापन गर्ने । टुटेफुटेका कुनै पनि सामग्रीहरू कोठामा नराख्ने । पत्रपत्रिकाहरूलाई यत्रतत्र नफाल्ने।

जीवनको एक महान् लक्ष्य बनाउने र त्यसका लागि प्रयासरथ रहने। मेहनतको पसिना बगाउने र अनि चैनका साथ सुत्ने । बेलाबेलामा स्वास्थ्य परीक्षण गराउने । यी उपायहरु यदि जोकोहीले पनि आफ्नो जीवनमा लागु गर्न सक्यो भने पक्कै पनि केही हदसम्म स्वस्थ्य जीवनशैलीका साथ जीवन जीउन सक्दछ ।

माथिका जति पनि उपायहरु छन् ति उपायलाई आफ्नो जीवनमा लागु गर्न व्यवहारमा उर्तान स्यंम व्यक्ति आफ्नै लाग्नुपर्छ । अरुले त सल्लाह र सुझाव मात्र दिने हो । विद्यालयमा पनि गुरुले विद्यार्थीहरुलाई बाटो मात्र देखाउने हो अध्ययन त स्यंम विद्यार्थीले नै गर्ने हो । यदि मानिसले भित्री हृदयदेखि नै म मेरो जीवनकालसम्म स्वस्थ्य जीवनशैली बनाएर बाँच्न चाहान्छु भन्ने प्रण गरेर अघि बढ्ने सक्ने इच्छाशक्तिको विकास गर्नुपर्दछ ।

यी माथि भनिएका उपायहरु जोकोहीले पनि आफ्नो व्यवहारमा उर्तान सकियो भने पक्कै पनि जीवन स्वस्थ्य मात्र होइन बाँचुन्जेल सुखी खुसी भएर स्वस्थ्य जीवनयापन गर्न सकिन्छ । यही नै स्वस्थ जीवनशैली हो । यस्तो जीवनशैली अपनाउने मानिसको जीवन नै सधै स्वस्थ र सुखीखुसी हुने गर्दछ । समयमै आफूले आफूलाई पहिचान गर्दै स्वस्थ्य जीवनशैली बनाउन तिर लाग्न सकियो भने पक्कै पनि मानिसले सोचेको सपनाहरु सफलताका साथ पुरा गर्न सक्नेछन् ।