• जेष्ठ ३ २०८३, आईतवार

पर्यटनमन्त्री श्रेष्ठलाई लाइनमा बस्‍नुस् भन्दा पक्राउ परेका सुरक्षागार्ड हिरासतमा

भाद्र १९ २०७९, आईतवार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्‍नुस् भन्दा पक्राउ परेका सुरक्षागार्डलाई हिरासतमा राखेको छ ।

छायाँ सेन्टरस्थित भिसा सेन्टरमा लाइनमा बस्‍नुस् भन्दा पक्राउ परेका सुरक्षागार्डलाई हिरासतमा राख्न प्रहरीले ५ दिनको अनुमति पाएको छ ।

अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धानका लागि सुरक्षागार्ड शेरजंग गुरुङलाई हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको हो ।

शुक्रबार ठमेलस्थित छायाँ सेन्टरमा श्रीमती दलबल लिएर पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठलाई सुरक्षागार्ड शेरजंग गुरुङले लाइनमा आउन भनेका थिए । तर एकजना प्रत्यक्षदर्शीका अनुसार पर्यटनमन्त्री श्रेष्ठले आफू मन्त्री भएको बताउँदै अगाडि जान खोजेपछि सुरक्षागार्डले रोकेका थिए ।