काठमाडौं । गृहमन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणको नाम रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको निर्वाचनका लागि सिफारिस गरिएको छ ।
कांग्रेस क्षेत्रीय नम्बर ३, क्षेत्रीय समितिको आइतबार भैरहवामा बसेको नवौं नियमित बैठकले गृहमन्त्री खाँणको नाम सर्वसम्मत उम्मेदवारका रुपमा सिफारिस गरेको क्षेत्रीय सभापति सुशिल गुरुङले बताए ।
खाँणको नाम यसअघि क्षेत्र नम्बर २ बाट पनि सिफारिस भइसकेको छ ।