काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्सिर ४ गतेको निर्वाचनपछि सडकमा जाने बताएका छन् ।
काठमाडौंमा माक्र्सवादी ज्ञान केन्द्रद्वारा आज आयोजित ‘नेपाली समाजवादको मार्गचित्र’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गणतन्त्रप्रति प्रहार हुँदै आएकाले त्यसको रक्षाका लागि सडक आन्दोलन जरुरी भएको बताए ।
अध्यक्ष प्रचण्डले भने, ‘चुनावपछि यो प्रणाली बदल्नका लागि म सडकमा जान्छु, सडकबाट मात्रै संविधानमा समाजवादको जे परिकल्पना गर्न खोजिएको हो, जे सपना देखेर कम्युनिष्ट र वामपन्थी एकता गर्न आवश्यक छ भनिएको हो त्यसलाई प्राप्त गर्न र अहिलेको निर्वाचन मेशिनरी र शासन मेशिनरी बदल्नका लागि जनतामा जानुको कुनै विकल्प छैन ।’