काठमाडौं । कर नतिर्ने ७ वटा क्यासिनोलाई एकहप्ते अल्टिमेटम पत्र दिए लगत्तै काठमाडौं महानरगका मेयर बालेन साह कोटेश्वर पुगेर सो क्षेत्रमा बनाइएका अनधिृकत रुपमा निर्माण गरिएका संरचना हटाउन थालेका छन् ।
कोटेश्वरस्थित पूर्वी क्षेत्रको गाडीका काउन्टरहरु रहेको स्थानमा फुटपथ मिचेर राखिएका होर्डिङ बोर्ड, होटल लगायतका संरचनाहरु हटाउने काम भइरहेको महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।
नगरप्रहरीले अहिले धमाधम फुटपाथ मिचेर बनाइएको संरचना, बोर्ड हटाइरहेको उनको भनाइ छ । केही बेरमा अनधिकृत रुपमा निर्माण भएका टहराहरु पनि हटाइने उनले बताए ।