• मंसिर १५ २०८१, शनिबार

दुग्ध विकास संस्थान बालाजुमा अनियमितता, १२ पर्ने पाउडरलाई हालियो २२ हजार

भाद्र १९ २०७९, आईतवार

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित दुग्ध विकास संस्थान बालाजु शाखामा बेथिति मौलाएको त्यहाँका कर्मचारीहरुले गुनासो गरेका छन् । पाउडर दुधमा भ्रष्टाचार गरेको आरोप लगाउँदै उनीहरुले यस्तो गुनासो गरेका हुन् ।

व्यवस्थापन पक्षका कर्मचारीहरुका कारण सो संस्थान बन्द हुने अवस्थामा रहेको संस्थानकी कर्मचारी सरस्वती जोशीले बताइन् ।

उनका अनुसार संस्थानमा भएको पाउडर र मखन प्रतिबोरा १२ हजारको दरले २ सय मेट्रिक टन पाउडर बेचेर सोही स्तरको पाउडर र मखन २२ हजार प्रतिबोराको दरले किनेर ल्याइएको छ । रातीमा यसरी पाउडर ल्याइएकोले यसमा भ्रष्टाचार भएको उनको भनाई रहेको छ ।

उनले, ‘भनिन् यो सबै कमसिन खानका लागि गरिएको हो’ । उनले आफूले यसका बारेमा म्यानेजर र डिजियमलाई जानकारी गराएको बताइन् । संस्था नै बन्द हुने अवस्थामा रहेको यसका विरुद्ध कर्मचारीहरु आन्दोलित हुन नसकिएको उनको भनाई रहेको छ ।

संस्थानमा हाल नयाँ जियम आएको तर नयाँ र पुरानो जियमको बीचमा पैदा भएको विवादका कारणले यस्तो अवस्था आएको जोशीको बुझाइ रहेको छ । ५ करोड पर्ने पाउडर बेचेर सोही पाउडरलाई ९ करोड हालेर खरिद गरिएकोले यसमा भ्रष्टाचार भएको उनको भनाई रहेको छ ।